रुकुम पश्चिम – रुकुम पश्चिमका चार जनासहित पाँच नेपाली मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका उनीहरू अलपत्र परेका हुन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, त्यही नगरपालिकाको वडा नम्बर ११ का टेकबहादुर केसी र सुनिल शाह, सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अलपत्र परेका हुन् ।
मलेसियामा आफूहरू अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गर्नुभएको छ । उहाँले पाँचै जनालाई कम्पनीले एक ...