गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गरिएको निवेदनमा अन्तिम सुनुवाइ सुरु भएको छ । बुधबार निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल र गृहमन्त्री लामिछानेका कानुन व्यवसायीले बहस सकेका छन् ।