नागरिकता विवाद : रवि लामिछानेले शपथ लिन पाउने

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ । उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो । नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग […]

सम्बन्धित सामग्री

नागरिकता विवाद ४ वर्ष अगाडि सल्टिएको विषय हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफ्नो अमेरिकी पासपोर्ट र नेपाली नागरिकतासम्बन्धी विवाद ४ वर्षअगाडि नै सल्टिएको विषय भएको स्पष्ट गरेका छन् । लामिछानेको नागरिकताको विषयमा प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेपछि लामिछानेले फेसबुक लाइभमार्फत प्रष्ट पारेका हुन् । ‘निर्वाचन आयोगलाई जवाफ त पठाइहाल्छु । मैले जवाफ त दिनुनै पर्छ । तर, जुन विषय उठाइएको छ आज भन्दा ४ भन्दा अगाडि सल्टिएको विषय हो’, लामिछानेले भने, ‘सबै जानकार