रुकुम (पूर्व) : रुकुमकोटमा पाहुना घर बन्न लागेको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैनन्। जिम्मा लिएको (ठेकेदार) निर्माण व्यवसायले विभिन्न समस्या दर्साएर काम शुरु गरेको दुई वर्ष बितिसक्दासम्म भवन तयार गर्न नसकेको हो।सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित कमलदह नजिकमा १२ कोठेको सरकारका भिआइपी पाहुनाका लागि पाहुना घर बन्न लागेको छ। २०७५ भदौ देखि ०७६ भदौ महिनाभित्र काम सम्पन्न गरिसक्ने भनि भवन सब–डिभिजन कार्यालय दाङसँग ग्यालबा क्याराभान जेभी कन्ट्रक्सन प्रालिले पाहुना घर निर्माणको सम