जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन् । शुक्रबार सीडीएसीले तयार पारेको मेरो […] The post जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।कम्पनीको आईपीओमा ४८ हजार ७९० जनाले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आईपीओका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये बाँडफाँटका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए ।संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]

आईपीओमा आवेदनकाे नयाँ रेकर्ड, जाल्पामा पर्‍यो यति धेरैको आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रवारदेखि निष्काशन गरेको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्...

जाल्पा सामुदायिकको आईपीओमा ६८ गुणा बढी आवेदन

२५ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो । निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको […]

जाल्पा लघुवित्तको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

माघ २५, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको  कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ५५ दशमलव ८६ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार उक्त दिनसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन ।  प्राथमिक बजारमा तीन महीनापछि निष्कासनमा आएको उक्त कम्पनीको आईपीओ खरीदका लागि लगानीकर्ताहरुको उच्च आकर्षण रहेको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी वाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  आवेदकहरुले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६\ ७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६\ ७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६\ ७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ ।

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा यति धेरै आवेदन, कति पर्‍यो अहिलेसम्म ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । आइतवार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५...

जाल्पा सामुदायिकको आईपीओका लागि पहिलो दिनमै १५ गुणा बढी आवेदन

२१ माघ, काठमाडौं । करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ) मा सर्वसाधारणको आकर्षण देखिएको छ । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको हो । सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पहिलो दिन नै ५ लाख ८० हजार बढीले आवेदन दिएका छन् । आज शुक्रबारदेखि खुलेको कम्पनीका आईपीओमा आज साँझ ५ बजेसम्म ५ लाख ८१ हजार ४९८ जनाले आवेदन दिएका हुन् । सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार पहिलो दिन ५ लाख ८१ हजार ४९८ जना आवेदकले ७२ लाख ६५ हजार ४६० कित्ताका लागि ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सकिने छ । तर यो आईपिओ गोलाप्रथाबाट ४८ हजार ७९० जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै

माघ १४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो ।