पछिल्लो समय काठमाडौं महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् । कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन थालेका हुन् ।विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानूनी आधार नभएका संरचना हटाएर कामपालाई सहयोग गर्न थालेका हुन् । “पहिले जस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानूनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चा