नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज बारको पदाधिकारी सहितको बैठकबाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको हो।
घोषित कार्यक्रमअनुसार सर्वोच्चमा जबरालाई प्रवेशमा अवरोध गर्ने तथा डेढ घन्टा मुल गेटमा धर्ना दिने कार्यक्रम शुक्रबारसम्म निरन्तर रहने छ ।
बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन शुक्रबारसम्मको अल्टिमेटम दिएको छ । त्यसपछि पनि राजीनामा नआए देशभरका १८ उच्च अदालतमा बारको केन्द्रीय प्रतिनिधि पठाएर विरोध सभा गर्नेलगायतका कार्यक्रम तय गरिएको बारकी उप...