लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ ।
गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने म...