दुई ‘अ’ ले अड्कायो मन्त्रिपरिषद्को ‘हलो’

पाँच दलीय गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तारको उल्झनमै ‘हनिमुन’ पूरा गर्ने सङ्केत देखिएको छ । सरकार बनेको ७३ दिन पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सरकारको ‘हनिमुन’ अर्थात् सय दिन पूरा हुन अब २७ दिन मात्र बाँकी छ ।मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न मंगलबार र बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । गठबन्धनको बैठकले मन्त्रालयगत भागबण्डा समेत टुंग्याउन सकेको छैन । संयुक्त राष्ट्र संघमा प्रतिनिधि पठाउनै पर्ने भएकाले डा. ना