डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका(७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ ।घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने कठायतले जानकारी दिए ।दुनैमा रहेको जैरीगाड जलविद्

सम्बन्धित सामग्री

१० दिनपछि हिमा गाउँपालिकामा टेलिफोन सेवा सञ्चालन

जुम्ला- १० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, ‘हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।’  प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । […]

१० दिनपछि जुम्लाको हिमामा टेलिफोन सेवा सन्चालन

१० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, 'हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।' प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । आजदेखि प्रभावकारी रुपमा टेलिफोन चलेकाे छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ । त्यस्तै, ह

कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।  कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताए । ‘टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्’, उनले भने, ‘बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।’ इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताए । ‘फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन’, उनले भने, ‘इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।’ टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिए । ‘टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ’, उनले भने, ‘नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।’ टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताए । ‘एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन’, उनले भने, ‘फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।’ रासस