आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि केही निर्वाचन क्षेत्रमा तालमेल गरेका एमाले र राप्रपाले आफ्नो घोषणापत्रमा धार्मिक विषय पनि समेटेका छन् । हिन्दुवादी पार्टी राप्रपाले आफ्नो घोषणापत्रमा मठमन्दिर, गुम्बा, मस्जिद, माङ्गहिमलगायतका सबै धार्मिक संघसंस्थाहरूको विकास तथा संरक्षण गर्ने उल्लेख गरेको छ । यस्तै बढ्दो धर्मान्तरणको बेगलाई निस्तेज पार्न संविधान र कानुनमा भएको व्यवस्थालाई कडाइको साथ कार्यान्वयन गर्नुका साथै संगठित र योजनाबद्ध धर्म परिवतर्नलाई नियन्त्रण तथा निरुत्साहित गर्ने प्रतिबद