विप्लवसँगको भेटवार्तापछि राप्रपा अध्यक्ष थापाले भने– माओवादीसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ

काठमाडौं। नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन्। “समसामयिक विषयमा विचार विमर्श भयो। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ,”विप्लवसँगको भेटपछि थापाले ट्वीटरमार्फत भनेका छन्। शान्ति सम्झौता गरी सार्वजनिक भएको पाँच महिनासम्म खासै बाहिर ननिस्केका विप्लव पछिल्लो साता दिनहुँजस्तै उच्चस्तरीय राजनीति भेटमा व्यस्त छन्।

सम्बन्धित सामग्री