एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तपुँजीको १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश दिने भएको हो । यो तीन वर्ष यताकै सर्वाधिक लाभांश हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ ।यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत