बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश […]

सम्बन्धित सामग्री

वाणिज्य बैंकको शेयरमा छैन आकर्षण

काठमाडौं। पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नै छैन भन्दा हुन्छ । बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर सबैभन्दा सस्तोमा पर्छन् ।  मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार बढाउन नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । मर्जरपछिको बैंकहरूका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू कमजोर देखिएका छन् । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ निकै तल झरेको उनीहरूको भनाइ छ ।  धितोपत्रको दोस्रो बजारका सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउने क्षमता राख्ने वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण खासै देखिँदैन । यसको मुख्य कारण बैंकहरूको आम्दानी दिनदिनै खस्किँदै जानु रहेको जानकार बताउँछन् । यी कम्पनीको शेयर संख्या ठूलो भएकाले धेरैको हातमा शेयर छरिनुलाई अर्को कारण मानिएको छ । कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ । त्यस्तै धेरैजनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्थासमेत नभएकाले लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ ।  नेप्से परिसूचक २०७८ भदौ २ गते ३२ सय बिन्दुसम्म पुगेको थियो । उक्त अवधिमा नबिल बैंकको शेयर प्रतिकित्ता १ हजार ६ सय रुपैयाँमा खरीद गरेका लगानीकर्ता कुलराज पौडेल अहिले ४ सय ७७ रुपैयाँमा आउँदा आत्तिएका छन् । उनको प्रश्न छ– अब यो कम्पनीको शेयर मूल्य कहिले १६ सय रुपैयाँ पुग्छ त ? दुई आर्थिक वर्षको लाभांश आउँदा पनि ६५ प्रतिशतभन्दा बढी घाटामा रहेको पौडेलले बताए । कुलराजसँगै अरू थुप्रै लगानीकर्ताले सामाजिक सञ्जालमा वाणिज्य बैंकको शेयरको घट्दो मूल्यबारे पीडा पोखेको देखिन्छ ।  पुराना र अनुभवी लगानीकर्ता भने वाणिज्य बैंकहरूको शेयर मूल्य घटेर तल्लो बिन्दुमा आएकाले यो समय अल्पकालीन वा दीर्घकालीन लगानीका लागि उपयुक्त हुने बताउँछन् ।  पछिल्लो समय ट्रेडरहरूले थोरै पूँजी भएको कम्पनीको शेयर मूल्य उचालिरहेका छन् । अर्को कुरा– बैंकहरूको पूँजी धेरै छ । वित्तीय विवरण राम्रो आइराखेको छैन ।  लगानीकर्ता शेयर लामो समय होल्ड गर्न चाहँदैन । जुन स्टकबाट छिट्टै नाफा आउँछ त्यसमा बढी आकर्षित भएका हुन्छन् ।  यस कारण पनि लगानीकर्ताको आकर्षण वाणिज्य बैंकको शेयरमा नभएको शेयर विश्लेषक बताउँछन् । पछिल्लो समय लगानीकर्ताको मनस्थिति पनि बैंकको शेयर बढ्दैन भन्ने भएको र यसले गर्दा वाणिज्य बैंकको शेयर बेचेर हाइड्रोलगायत बढी चलायमान हुने स्टकको कारोबार गर्ने अनुभवीहरूको भनाइ छ ।  ९ बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, सिटिजन्स, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेण्ट मेगा, माछापुच्छ्रे, एनएमबि, ग्लोबल आइएमई र हिमालयन बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । वाणिज्य बैंकमध्ये सबैभन्दा महँगो स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य आइतवार बजार बन्द हुँदा प्रतिकित्ता ५ सय ३२ रुपैयाँ र सबैभन्दा सस्तो कुमारी बैंकको १ सय ४९ रुपैयाँ छ ।  गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हालसम्ममा १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । सातओटाले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा र नेपाल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेका हुन् । कृषि विकास बैंकले हालसम्म लाभांशसम्बन्धी निर्णय गरेको छैन ।

१० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि, किन घट्यो आकर्षण ?

काठमाडौं । लामो समयदेखि शेयर बजार घट्दो ट्रेण्डमा छ । अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ । मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोबार हुने गर्दछ । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको शेयर मूल्य २ सयभन्दा तल छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको शेयर मूल्य २ सयभन्दा तल झरेको हो । यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य छ । बुधवार यस बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १४९ दशमलव ६ कायम भएको हो । कुमारीपछि सस्तो शेयर मूल्य प्रभु बैंकको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५६ छ । शेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन् ।   मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकहरूका शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण खासै देखिँदैन । जानकारहरूका अनुसार यसकाे एक कारण बैंकहरूको आम्दानी खस्किनु हाे । बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको अर्को कारण हो– शेयर संख्या बढी भएकाले धेरैजनासँग शेयर हुनु हाे । बैंकको शेयर धेरै जनासँग भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन ।   यसो त कतिपय लगानीकर्ताले भने शेयर मूल्य तल्लो विन्दुमा आएकाले यो समयमा अल्पकालीन वा दीर्घकालीन लगानीको लागि उपयुक्त हुने बताउँछन् । गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस कारण बैंकहरूको शेयर मूल्य निकै सस्तिएकाले अहिले लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने जानकारहरू बताउँछन् ।  यी बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । सबैभन्दा धेरै शेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको शेयर मूल्य रू. ५०५ छ ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।