ग्रामीण विकास लघुवित्तको सीईओमा कटुवाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले कटुवाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनियताको सपथ गराएका छन् । यसअघि कटुवाल सोही संस्थामा १ वर्ष […]

सम्बन्धित सामग्री

ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कुमार कटुवाल नियुक्त

वैशाख १४, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् ।  कम्पनीको वैशाख १३ गते (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले बुधवारदेखि लागू हुने गरी कटुवालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुने छ ।  नवनियुक्त सीईओ कटुवालले बुधवारै पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष धन बहादुर बरुवालले कटुवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।  उक्त अवसरमा कम्पनीका सञ्चालक शिवहरी दंगाल, मनोज कुमार खडका, भरतराज कोइराला र वाग्मती प्रदेश कार्यालय अन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रवन्धकहरुको समेत उपस्थिति थियो ।  यसअघि कटुवाल  सोही कम्पनीमा एक वर्ष नौ महीना कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए । अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका कटुवालको बैंकिङ र लघुवित्त क्षेत्रमा करीब २८ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ ।