धनगढीमा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३ बजेदेखि वार्ता सुरु भएको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।यता धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत भदौ २७ गतेदेखि अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो । २० औं पटकको अनशनमा बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हाल उनको अवस्था गम्