वैशाख २८, काठमाडौ । समृद्धि फाईनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि र बजार प्रतिनिधि मागेको हो ।
कम्पनीले ईच्छुक तथा अनुभव नेपाली नागरिकलाई आगामी जेठ ६ गतेसम्ममा आफ्नो बायोडाटासहित कम्पनीको मेल आईडिमा पठाउन आग्रह गरेको छ ।