एजेन्सी, १६ फागुन। रुसले युक्रेनमाथि लगातार आक्रमण जारी राखेको छ । यसैबेला रुसविरुद्ध पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ । युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको बिबिसीले समाचारमा जनाएको छ । […]