कालीगण्डकी-तिनाउ डाइभर्सन : ३५ किलोमिटर सुरुङ, १ लाख हेक्टर बढी जमिन सिञ्चाईको महत्वकांक्षी आयोजनाको खुल्यो कार्यालय

बुटवल : करिब डेढ दशकदेखि बहसमा रहँदै आएको कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरी काम अगाडि बढ्ने भएको छ। कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन सिञ्चाई गर्ने उद्देश्यसहित यो योजना अगाडि बढाइने भएको हो। कालीगण्डकी नदीको राम्दीभन्दा साढे दुई किलोमिटर…

सम्बन्धित सामग्री

ज्यादुलखोलामा ‘डाइभर्सन पुल’

गोरखा, १३ कात्तिक । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ । बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका […]

सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो...

सुनवलमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो। आज परेको बर्षका कारण डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदा...

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

बाढीले डाइभर्सन बगाउँदा पूर्व(पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताए । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।पानी निरन्तर परेकाले […]

बाढीले रूपन्देहीमा डाइभर्सन बगायो

काठमाडौं : रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ। देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो।गए रातिदेखि लगातार परेको पानीले खोलामा पानीको सतह बढेको छ। यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ। यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन्।रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम विभागको मौसम पूर्वानुम

बाढीले डाइभर्सन बगाएपछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल– अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो । आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको […]

बाढीको वितण्डा : पटक-पटक डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती

नवलपुर- बुधबारदेखिको वर्षाले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डमा रहेको डाइभर्सन बगायो । लगातारको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक खुलाउन बिहीबार दिनभर प्रयत्न गरियो, सम्भव भएन । शुक्रबार साँझसम्म एम्बुलेन्स पार गर्ने गरि बनाएको डाइभर्सन पनि लामो समय टिकेन । आइतबार बिहनदेखि एकतर्फी गाडी सञ्चालन गरिए पनि निरन्तरको वर्षाले पुनः डाइभर्सन बगाउने जोखिम […]

गैँडाकोटमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट थुम्सीस्थित तेइस स्मृति पुलको डाइभर्सन बिहीबार राति बगाउँदा पूर्णरूपमा अवरुद्ध भएको सो सडकखण्ड आजदेखि एकतर्फी सञ्चालनमा आएको हो ।तेइस स्मृति पुलको डाइभर्सन बगाएको ठाउँमा ह्युमपाइप, माटो, गिट्टी राखेर पुनः डाइभर्सन निर्माण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । शुक्रबार रातिदेखि नै ह्युमपा

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न

डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

१६ असार, काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि […]