सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो...

सम्बन्धित सामग्री

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुनकोसी-मरिण डाइभर्सन आयोजना: ८३ दिनमा २१ सय मिटर सुरुङ खनियो

सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम प्रगति लक्ष्यभन्दा बढी भएको छ । काम सुरु भएको ८३ दिनमा २.१ किलोमिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट टनेल बोरिङ मेसिन (टीबीएम)को सहयोगमा सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोसीमा टुसाउँदो आशा (सम्पादकीय)

सुनकोसी मरिण पथान्तरण बहुउद्देश्यीय आयोजनाको काम सुरु भएको छ । आर्थिक र सामाजिक दृष्टिले रणनीतिक साथै रूपान्तरणकारी महìव राख्ने यो आयोजनाकोे जग्गा अधिग्रहणको केही काम सम्पन्न भइसकेको छ भने थप अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ । ठेकेदार कम्पनीले हाल पूर्वतयारी काम गरिरहेकाले चाँडै सुरुङ निर्माणको काम सुरु हुने दिशामा काम अगाडि बढिरहेको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटमै राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजना गत फागुन २० गते शिलान्यास गरिएको हो । आयोजना निर्माणका लागि ४६ अर्ब १९ करोड तथा बाँकी संरचना निर्माणका लागि ३० अर्ब रुपियाँ खर्च लाग्ने अनुमान रहेको यो आयोजना २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य छ । तीन वर्षमा नदी पथान्तरणको काम सक्ने लक्ष्य छ । सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी १३.३ किमि लामो सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिण खोलामा खसालिनेछ । मरिण खोलामा खसालिएको पानी साविक बागमती सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीको थप एक लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध हुनेछ । सिँचाइसँगै विद्युत् उत्पादन पनि हुनेछ र त्यसका लागि ६६ मिटर उचाइबाट मरिण खोलामा पानी खसाल्दा ३१ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजना सुरु भएपछि खेर गइरहेको सुनकोसीको पानीमा अनन्त आशा टुसाएका छन् र तिनलाई यथार्थमा बदल्न समयबद्ध कार्यान्वयन आवश्यक छ ।