दाङको घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले भारतको पञ्जाब लुधियानाबाट पक्राउ गरेर कारागार प्रशासनले मार्फत अदालतमा बुझाएपछि पुर्पक्षका लागि कारागार चलान गरेको गरेको जनाएको छ ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई थुनामा राख्ने आदेश दिएका थिए । परियारको बया