बैतडी : जबर्जस्ती करणी आरोपमा पक्राउ परेका बैतडीको मेलौलीका एक जना ५६ वर्षीय पुरुष कारागार चलान भएका छन्। जिल्ला अदालतले ती पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।स्थानीय २४ वर्षीया फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको थियो। प्रहरीले कारागार चलान गरिएका पुरूषको नाम सार्वजनिक गरेको छैन। पीडित र पीडक नातेदार रहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको