विभिन्न घटनामा संलग्न भएको आरोपमा कसुरदार ठहर भई फरार रहेका दुई व्यक्ति कारागार चलान भएका छन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकामा अदालतको आदेशले उनीहरू कारागार चलान भएका हुन् ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७६ साउन १४ को फैसलाले पाँच दिन कैद र रू सात लाख जरिवाना हुने ठहर भएकामा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादी बूढानीलकण्ठ बस्ने सुशीला श्रेष्ठलाई...