मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ । बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका सातमध्ये दुई जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवर