इपिल क्रिकेटको उपाधिमाथि ललितपुरको कब्जा

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको उपाधि ललितपुर प्याट्रिओट्सले हात पारेको छ। राष्ट्रिय टोली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले आज फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । साविक उपविजेता भैरहवाले यसपटक पनि उपाधि जित्न सकेन। उपाधि जितेसँगै ललितप...

सम्बन्धित सामग्री

साफ यु–२० च्याम्पियनसिप फुटबलको उपाधि पहिलो पटक बङ्गलादेशलाई

बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मुख्यालयको खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक फाइनलमा पुगेको बङ्गलादेश दुवै […]

स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै छ सप्तपाताल

ललितपुरको लगनखेलस्थित बटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माण गर्न थालिएको छ । स्कुलले कब्जा गरेको जग्गा खोसेर ल्याएपछि ललितपुर महानगरपालिकाले पुनर्निर्माण थालेको हो ।  लगनखेलको नमुना मच्छिन्द्रनाथ स्कुलले पोखरीको ११२ नम्बर कित्ताको जग्गा...

आफै क्लबको अध्यक्ष, आफै जनप्रतिनिधिः डेढ रोपनी गुठीको जग्गा कब्जा

काठमाडौं, फागुन ११ । ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी […]

काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?

पुस २१, काठमाडौं । काठमाडौं उपत्यकाको ‘सेन्टर पोइन्ट’ बाट करीब १५ किलोमिटर टाढा छ ललितपुरको गोदावरी क्षेत्र । तर यहाँको जग्गाको मूल्य भने करीब १०/११ किलोमिटरको दुरीमा रहेका मुलपानी, बालुवाखानी, टोखा, गोलढुङ्गा, रामकोट, चन्द्रागिरी, कीर्तिपुर, बुङमतिलगायतका क्षेत्रको भन्दा महंगो छ । १० किलोमिटर टाढा रहेका क्षेत्रमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँसम्ममा जग्गा किन्न पाउँदा १५/१६ किलोमिटर टाढा रहेको गोदावरी क्षेत्रमा भने प्रतिआना २५ देखि ३० लाख रुपैयाँ मूल्य पुगेको छ । किन महंगियो गोदावरी क्षेत्र ? आजभन्दा दुई वर्ष अघिसम्म गोदावरीमा पनि अन्य ठाउँको जस्तै प्रतिआना ६/७ लाखदेखि १०/१२ लाख रुपैयाँसम्ममा छानी छानी जग्गा किन्न पाइन्थ्यो । तर दुई वर्षको अन्तरमा गोदावरीमा जग्गाको मूल्य ३ गुणा बढिसकेको छ भने दुई वर्षअघि गोदावरीको जतिनै मूल्य रहेका ठाउँहरुमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँमै जग्गा किन्न सकिन्छ । गोदावरीका जग्गा व्यावसायी रीशभ श्रेष्ठका अनुसार पछिल्लो समय गोदावरी-लेले सडक ४२ फिट चौडाइमा स्तरोन्नती गरेर कालोपत्र गरेका कारण जग्गाको भाउ ह्वात्तै बढेको छ । गोदावरीमा बसेर काठमाडौंको अफिस आउनु र सातदोबाटोमा बसेर अफिस जानुमा धेरै फरक नभएपछि गोदावरीको जग्गाको मूल्य पनि सातदोबाटो आसपासकै जग्गाको हाराहारीमा बढेको जग्गा व्यावसायीहरु बताउँछन् । गोदावरीको जग्गाको मूल्य बढ्नुको अर्को कारण गोदावरीमा बनेको सभा हल पनि एक हो। यो बाहेक यहाँ सेन्जेभियर्स स्कुलले आफ्नो मुख्य स्कुल र कलेज यहि सञ्चालन गर्ने गरि काम गर्नु पनि अर्को कारण हो ।तर गोदावरीमा बनेका र बन्ने यी संरचनाले यहाँको जग्गाको मूल्य बढाउन सहयोग गरेपनि मुख्य कारण भने अर्कै रहेको स्थानीय बताउँछन् । गोदावरीको जग्गाको मूल्य बढ्नुको मुख्य कारण भनेको पछिल्लो समय जग्गा प्लटिङ गर्ने अधिकांस व्यवसायीले गोदावरीका ठूला- ठूला फाटमा कब्जा जमाउनु रहेको गोदावरीका स्थानीय बलबहादुर चन्दले बताए ।  अहिले गोदावरीमा जताततै प्लटिङ गरिएका जग्गा मात्रै छन्। खाली देखिने जग्गा पनि जग्गा व्यवसायीले खरीद गरेर राखिसकेका छन्। कसैले स्थानीयबाट ४/५ आना मात्रै जग्गा किन्छु भन्यो भने पाउने अवस्था छैन । व्यवसायीको हातमा परेको जग्गा प्रतिआना २०/२५ लाख घटिमा बेच्दै बेच्दैनन्। त्यसकारण यहाँको जग्गाको भाउ थप बढेको स्थानीयहरु बताउँछन् । चक्रपथ नजिकका सबै ठाउँमा प्लटिङ गर्ने जग्गा सकिएपछि व्यवसायीहरुको रोजाइमा चौडा सडक सञ्जालले जोडिएको गोदावरी क्षेत्र परेको व्यवसायी श्रेष्ठले बताए । प्लटिङ गर्नेक्रम बढेसँगै गोदावरीमा अहिले जग्गाको मूल्य प्रतिआना २५ देखि ३० लाख रुपैयाँ सम्म पुगेको छ । गोदावरी क्षेत्रमा अहिले कुनाकाप्चामा पनि प्लटिङ गरिएका जग्गाहरु प्रतिआना १५/१६ लाख घटि पाइदैन । जवकी गोदावरी जतिनै टाढा रहेका अरु ठाउँमा जाने हो भने अहिलेपनि प्रतिआना ६/७ लाख देखि १०/१२ लाख रुपैयाँ सम्मका जग्गा सजिलै किन्न सकिन्छ । यो पनि पढ्नुस-काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ ! जग्गाको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप कति आवश्यक ? यसरि नै मूल्य बढे ५ वर्षपछि विकास निर्माण ठप्प !  घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्ने तयारी अब स्थानीय तहका केन्द्रबाटै मालपोत कार्यालयका सेवा दिने तयारी तपाईले किनबेच गर्ने घरजग्गाको वैज्ञानिक मूल्य कति ? आम्दानीअनुसार यसरि निकाल्नुस मूल्य आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?

गोदावरी मेयर कप फुटबलको उपाधि लेलेलाई

ललितपुर– गोदावरी मेयर कप फुटबलको उपाधि लेलेले जितेको छ । शनिबार ललितपुरको ठेचोस्थित दुरीखेल मैदानमा भएको फाइनल खेलमा गोदावरी नगरपालिका-३ गोदावरीलाई हराउँदै लेलेले उपाधिमाथि कब्जा जमाएको हो । आयोजक टुस्टार क्लबका रविन्द्र महर्जनका अनुसार लेलेले तीन गोल गर्दै उपाधि जितेको हो । गोदावरीले एक गोल गरेको थियो । बिहीबार ललितपुरको ठेचो फुटबल मैदानमा भएको सेमिफाइनल […]

बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ । आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ । साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष...

भूपूहरूले कब्जा गरे मन्त्री क्वार्टर !

ललितपुरको पुल्चोकमा मन्त्रीहरु बस्ने सरकारी क्वार्टरहरू छन् । यति बेला ओली सरकारको मन्त्रिपरिषद्मा प्रधानमन्त्री बाहेक तीन जना मात्रै मन्त्री छन् । तर, पुल्चोकको मन्त्री निवासमा प्रहरीको पहरा क्रस गरेर भित्र छिर्ने हो भने अहिले पनि दर्जनौँ ‘माननीय मन्त्रीहरू’ देख्न सकिन्छ ।मन्त्री निवासको मूल गेटमा पहरा दिने सुरक्षाकर्मीहरू भूपू मन्त्रीहरूका गाडी नम्बर र नातागोतालाई इन्ट्री गराउँदैमा हैरान बनेका छन् । मन्त्री क्वार्टरभित्रको भिडभाड, होहल्ला र बरन्डामा सुकाइएका कपडाहरू हेर्दा अझै पनि

सडक कब्जा गरेर नाचगान (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आमहड्ताल सफल पार्न पार्टीकै नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् । यसै क्रममा नेतृ पम्फा भुसालको समूहले ललितपुरको पुल्चोमा पहरा दिँदै गरेको देखिएको छ । भुसालसहित अन्य कार्यकर्ता पार्टीको झण्डासहित सडकको बीचमा बसेका छन् । अन्य दिन विभिन्न सवारी साधनले ओगटेका सडक आज भने प्रचण्ड-नेपाल समूहले […]

खोकनाको ‘रोपाइँ’मा प्रहरी र स्थानीयबासीबीच झडप

२० असार, काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको …