बिथोलियो एमाले एकता प्रयास : माधव नेपाल पक्ष भन्छ, ‘ओलीले विभाजनको बाटो रोजे’

नेकपा एमालेको संस्थापन पक्ष मात्र सम्मिलित केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना फेरबदल गर्ने र सबैजसो अधिकार अध्यक्षमा केन्द्रित गर्ने गरी तयार गरेको विधान संशोधन प्रस्ताव स्वीकृत गरेपछि एमालेको आन्तरिक एकता प्रयास बिथोलिएको छ । आफूहरूको सहभागिता विनाको बैठकले गरेको निर्णयलाई माधव नेपाल पक्षले एकलौटी रूपमा पार्टी कब्जा गर्ने अध्यक्ष केपी शर्मा ओलीको रणनीतिका रूपमा व्याख्या गरेको छ । साउन २५ मा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले संघीय संरचना अनुरूप पार्टी संरचना बनाउने र अध्यक्ष...

सम्बन्धित सामग्री

‘तयारी पुगेको छैन’ भन्दै निर्वाचन आयोगबाट बाहिरिए माधव नेपाल पक्षका नेताहरु

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ दल दर्ताका लागि तयारीमा व्यस्त छ। यद्यपि बुधबार नै नयाँ दल दर्ताको सम्भावना क्षीण देखिएको छ। माधव नेपाल पक्षका राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीहरु निर्वाचन आयोगबाट तयारी नपुगेको भन्दै बाहिरिएका छन्। निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले ‘तयारी नपुगेको’ बताए। उनले निर्वाचन […]

ओलीले केन्द्रीय कमिटी २६० सदस्यीय बनाएपछि छलफलमा माधव नेपाल पक्ष

नेकपा एमालेले केन्द्रीय कमिटीका २६० जना सदस्यको नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएपछि माधव नेपाल पक्ष छलफलमा जुटेको छ ।  सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो ।  अर्याल होटल नयाँ बानेश्वरमा मंगलवार दिउँसो माधव नेपालले आफूपक्षीय सांसदहरूसँग परामर्श गरेका हुन् । छलफलमा सहभागी सांसद विरोध खतिवडाले आफूहरूसँग ३० देखि ४० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गरे ।  ‘केपी ओ...

माधव नेपाल पक्ष सरकारमा गए उपसभामुखसहित ६ मन्त्री पाउने

काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन । एमाले एक हुने […]

माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि निर्णय लिन आफू पक्षीय स्थायी कमिटी बैठक राख्ने तयारी समेत गरेका छन् । अहिले माधव नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको हस्ताक्षर संकलन […]

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

एमालेको केन्द्रीय समितिको बैठक जारी, माधव नेपाल पक्ष अनुपस्थित

काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। एकता कार्यदलको सहमतिको अनुसार २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसिरहेको हो। यसअघि १४ औं बैठक भनिएकोमा आजको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ।बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल भइरहेको छ।

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने भएको छ ।  नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् ।  अध्यक्ष ओलीले आइतवार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका छन् । पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।  ‘हामीसँगको सल्लाहविना बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुँदैनौँ,’ नेपाल पक्षीय एक स्थायी कमिटी सदस्यले ...

एमाले केन्द्रीय समिति बैठक आज, माधव नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। यो बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ। अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय समितिलाई दशौं महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो।