प्रचण्डप्रति ओलीको आक्रोश : मतपत्र च्यातेर र बत्ती निभाएर फेरि जित्छु नसोचे हुन्छ

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन्। ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनको अन्त्यमा प्रतिनिधिबाट उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले प्रचण्डप्रति आक्रोश पोखेका हुन्। ओलीले भने, ‘एमालेविरुद्ध आक्रमणका कुरा हामी सुनिरहेका छौँ‚ हिजो पनि दुई दिनअघि पनि। ०६४ मा जस्तै मतपत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ। जसरी हुन्छ कब्जा गरेर जित्नुपर्‍याे भनेर लागिरहेका छन्। हामीले