आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको प्रतिक्षामा रहेको छ । रामायण भवनको संरक्षण नहुँदा भवन जीर्ण बन्न थालेको छ । भवनका झ्याल तथा ढोकामा क्षति पुर्याइएको छ भने संरक्षण नहुँदा काठ धमिराले धुल्याउन थालेको छ । रामायण भवनको संरक्षणका लागि पटक–पटक आवाज उठाउँदा सुनुवाइ नभएको स्थानीय सन्देश आचार्यले …