ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका जनकपुरधामका अधिकांश स्थल राम र सीतासँग जोडिएको छ । तीसँग सम्बन्धित विभिन्न मठ मन्दिर अहिले पनि अस्तित्वमै रहेका छन्, जसमध्ये जनकपुरधामस्थित राम मन्दिर अगाडी र धनुष सागर तलाउको डिलमा स्थित रामायण भवन समेत एक हो । जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले भने आफ्नै अस्तित्वको खोजीमा छ । धार्मिक परम्पराको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले रामायण भवनमा दुई दशक अघिसम्म संस्कृति भाषाको अध्ययन अध्यापन समेत हुन्थ्यो भने प्रत्येक दिन कीर्तन पन