बर्डफ्लु सन्त्रास: सीमा नाका साँगामा उच्च सतर्कता

काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्य विनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकको सीमा नाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु […]

सम्बन्धित सामग्री

भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिँदै

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाएका छन् । शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक […]

गड्डाचौकी नाका भएर भारत जाने महिलामाथि कडाइ

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ। बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ।मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरिएको छ।कोरोना महामारी संक्रमणका बेला महिलालाई ललाईफकाई भारतमा बेच्न लैजान सक्ने भएकाले सीमा नाकामा प्रहरी र गैरसरकारी संस्थाहरुले उच्च सतर्

सीमा नाकामा कडाई गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनक

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन आग्रह

कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

संसद्मा प्रतिपक्षमार्फत निजी क्षेत्रका बजेट सुझाव

कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि देशमा लकडाउन गरिएको बुधबार ४४ औं दिन हो । एकातर्फ उच्च सतर्कता अपनाउँदै गर्दा पनि कोरोना संक्रमितहरूको संख्या सयनजिक पुगेको अवस्था छ भने अर्कातर्फ अधिकांश उद्योग–कलकारखाना पनि ठप्प छन् । केही दैनिक खाद्य व्यवस्थासँग सम्बन्धित र अत्यावश्यकीय व्यवसायमात्रै चलेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाएर जेठ ५ गतेसम्म पु¥याउने निर्णय गरेको छ भने सीमा नाका र हवाई सेवा पनि १८ गतेसम्म बन्द रहनेछन् ।

स्वास्थ्यकर्मी नहुँदा परीक्षण नगरी प्रवेश

नेपाल–भारत सीमा नाका झुलाघाटमा कोरोना भाइरस चेकजाँच सहायता कक्षमा स्वास्थ्यकर्मी आठ घण्टा अनुपस्थित हुँदा आइतबार भारतबाट नेपाल आउने ३० जना स्वास्थ्य परीक्षण नगरेरै भित्रिएका छन् । कोरोनो भित्रिन नदिन बैतडीमा उच्च सतर्कता अपनाउन प्रशासनले सूचना जारी गरेको भोलिपल्ट सहायता कक्षमा बस्नुपर्ने स्वास्थ्यकर्मी आठ घण्टासम्म अनुपस्थित भएका हुन् । झुलाघाट सीमा नाकाबाट आइतबार बिहान ७ बजेदेखि १ बजेसम्म ३० जनाभन्दा बढी नेपाल भित्रिएको झुलाघाट सीमा प्रहरी चौकीले जानकारी दिएको छ । कोरोना जाँच सहायता कक्षमा स्वास्थ्यकर्मी नहुँदा भित्रिने कसैको पनि स्वास्थ्य परीक्षण हुन सकेन । झुलाघाटको नेपाल–भारत सीमा पुल बिहान ७ बजे खुल्छ भने बेलुकी ६ बजे बन्द हुने गरेको छ ।