कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि देशमा लकडाउन गरिएको बुधबार ४४ औं दिन हो । एकातर्फ उच्च सतर्कता अपनाउँदै गर्दा पनि कोरोना संक्रमितहरूको संख्या सयनजिक पुगेको अवस्था छ भने अर्कातर्फ अधिकांश उद्योग–कलकारखाना पनि ठप्प छन् । केही दैनिक खाद्य व्यवस्थासँग सम्बन्धित र अत्यावश्यकीय व्यवसायमात्रै चलेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाएर जेठ ५ गतेसम्म पु¥याउने निर्णय गरेको छ भने सीमा नाका र हवाई सेवा पनि १८ गतेसम्म बन्द रहनेछन् ।