काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो भनाइ बाहिर आएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवको अवसर पारेर आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संय...