जनकपुर । देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ ।सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको छ भने कतिपय ठाउँमा गणकहरू लखेटिएका छन् ।सप्तरी, सिराहा र धनुषामा विशेष गरी स्थानीय गणकले कसैको बहकाउ वा दबाबमा आएर भाषा र धर्मका सवालमा तथ्याङ्क संकलन गर्दा नसोधिकनै लेख्ने गरेको आरोप छ । यस्तो आरोपमा दुई जना गणक कारबाहीमा परेका छन् भने एक जना