स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १५ सय कर्मचारीको एकदुई दिनभित्रै सरुवा गरिने भएको छ ।
विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका करीब १५ सय कर्मचारीलाई अन्तिम पटकका लागि सरुवा गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यसको तयारी पूरा भएको तथा एकदुई दिनभित्रै अन्तिम पटकका लागि रोजेको अन्तर स्थानीय तहमा सरुवा हुने मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको ...