नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाधिवेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ । नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको कार्यक्रममा चितवन र नवलपुरतर्फबाट सहभागीहरुले कार्यक्रम अवलोकन गर्ने भएकाले दुवै जिल्लाको सुरक्षा व्यव