सरकारले मोटरसाइकलको अन्त:शुल्क बढाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन्।
सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ।
यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ। यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो।
यस्तै भन्सार शीर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बढेको छ। अब यो श...