अनुष्का शर्माले आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । अनुष्का अभिनेत्रीसँगै फिल्म निर्माता पनि हुन् । अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान बनाएकी थिइन् भने २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो।अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो तर उनी बेङ्लोरमा हुर्किएकी थिइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए । अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले आफ्नो फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छ