एउटामात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा गठबन्धन र एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र एमालेका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।