संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो।तत्कालीन केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज भएको छ । उनीहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।