काठमाडौं । उपत्यका विकास प्राधिकरणले सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना हटाएको छ । वडा २८ का जनप्रतिनिधि, सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, स्थानीय, सम्पदाप्रेमी लगायतको पहलमा प्राधिकरणले उक्त संरचना हटाएको हो ।
स्थानीय तह लगायत कुनै पनि निकायसँग समन्वय नगरी प्राधिकरणले रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा...