बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् । प्रदेशको १३ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९७.३३ प्रतिशत रहेकाले साक्षर प्रदेश घोषणा गरिएको बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए ।युनेस्कोको परिभाषा अनुसार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको उनले बताए