४५ हजार नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा

४५ हजार चार सय ४५ नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा भएको छ । सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् ।...

सम्बन्धित सामग्री

५७ जिल्ला साक्षर घोषणा, सात जिल्लामा यो वर्ष गरिँदै

काठमाडौं : सरकारले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यसका लागि अहिले तयारी गरिरहेको छ।विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेका छन्। प्रदेश अन्तर्गत भने प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेश साक्षर घोषणा भएका छन्।‘अब बाँकी २० जिल्ला र चार प्रदेश छन्, ’प्रवक्ता लुइँटेलले भने। उनका अनुसार यो वर्षभित्र लुम्बिनी प

साक्षर बागमतीको सन्देश (सम्पादकीय)

बागमती प्रदेश साक्षर घोषणा गर्ने देशकै पहिलो प्रदेश बनेको छ । साक्षर नेपाल अभियानअन्तर्गत सोमबार साक्षर प्रदेश घोषणाले महìवपूर्ण सन्देश र मार्गदर्शन दिएको छ । तर साक्षरता प्रतिशत वृद्धि र दिगो सिकाइमा भने चुनौती धेरै छन् । बागमती प्रदेशमा ९७.२२ प्रतिशत साक्षर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो तथ्याङ्कले बागमती प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका ४५ हजार ३४५ अझै निरक्षर रहेको देखाउँछ । यो प्रदेशका १३ जिल्लामध्ये ललितपुर पूर्ण साक्षर जिल्ला बनेको छ भने सिन्धुलीमा ९९.१३ प्रतिशत, मकवानपुरमा ९८.९७ प्रतिशत, धादिङमा ९८.४० प्रतिशत, नुवाकोटमा ९८.१९ प्रतिशत, सिन्धुपाल्चोकमा ९७.६८ प्रतिशत र चितवनमा ९७.५० प्रतिशत छ । यसैगरी, काठमाडौँमा ९६.८८ प्रतिशत, भक्तपुरमा ९६.७० प्रतिशत, काभ्रेमा ९६.४८ प्रतिशत, रामेछापमा ९६.४० प्रतिशत र रसुवा