धादिङ । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।