दिल्लीमा बुधवार ७० वर्षयताकै सबभन्दा बढी वर्षा, सडकभित्र पस्यो ट्रक

भारतमा चक्रवाती तुफान ताउतेको असर कमजोर हुँदै गएको भए पनि राजधानी दिल्लीमा त्यसको असर अझै देखिँदैछ ।  बुधवार दिल्लीमा वर्षाले विगत ७० वर्षको कीर्तिमान भंग गरेको छ । ६० मिलिमिटरको कीर्तिमान तोडिएको हो । त्यहाँ अहिले पनि अलिअलि पानी परिरहेको छ ।  अत्यधिक वर्षा भएपछि दिल्ली–एनसीआरमा धेरै ठाउँ जलमग्न भएको छ ।    नजफगढमा अत्यधिक वर्षाका कारण सडक भासिएपछि एउटा ट्रक नै भित्र पसेको छ । क्रेन र जेसीबीको सहायताले ट्रकलाई निकाल्ने काम भइरहेको छ ।  दिल्लीमा पछिल्लो २४ घन्टामा ११९ मिल...