बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धान नै नगरी आत्महत्या भनिदियो ।