काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलको केन्द्रीय समिति कोरोना संकट व्यवस्थापन समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।कोरोनाको महामारी बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणमा भूमिका खेल्नको लागि केन्द्रीय समितिलाई कोरोना संकट व्यवस्थापन समितिको रूपमा रूपान्तरण गरेको हो।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वाइसिएलको भर्चुअल बैठकले यस्तो निर्णय गरेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए। अब वाइसिएलको सिंगो टिम कोरोना रोकथाम तथा न्यूनीकरणमा लाग्ने उनको भनाइ छ।