२ करोड व्यापारिक कर्जा लगानी

जुम्ला-कोभिड प्रभावित व्यापारीको उत्थान तथा कोभिडले थला परेको अर्थतन्त्र उकास्नका लागि राष्ट्रिय बाणिज्य बैंक जुम्लाले व्यापारीक कर्जा लगानीमा प्रथामिकता दिएको छ । बैंकले ऋण लगानीमा अन्य क्षेत्रभन्दा व्यापारिक र कृषि क्षेत्रलाई प्रथामिकता दिएको पाइएको छ ।राष्ट्रिय बाणिज्य बैंक शाखा जुम्ला र सुर्खेतले चालु आर्थिक वर्षको हालसम्म २ करोड रुपैयाँ भन्दा बढी व्यापारीक कर्जा लगानी भएको […]

सम्बन्धित सामग्री

धौलागिरी लघुवित्त पहिलो त्रैमासमा रू. २ करोड ९ लाख नोक्सानीमा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ९ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ३९ लाख ६५ हजार नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड २३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ७७ लाख ९० हजारमा सीमित भएको हो । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा रू. १२ लाख ४५ हजार धनात्मक रहेकोमा चालू आवमा रू. २ करोड ४२ लाख ऋणात्मक रहेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ७ करोड ८८ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४ करोड सापटी लिएर, रू. ७० करोड ९५ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।  कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशलमव ३९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव २१ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एक वर्षमा स्वाभिमान लघुवित्तको नाफा २ करोड १६ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने ४६ प्रतिशत कमी आएको हो । सो अवधिमा कम्पनीले रू. ४ करोड ३ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत घटेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १४ करोड ६१ लाख छ । कम्पनीले जगेडामा रू. ६ करोड ५८ लाख सञ्चिति गरेको छ । त्यस्तै कम्पनीले रू. १ अर्ब ४२ करोड सापटी लिएर, रू. ६७ करोड १३ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशलमव ७९, मूल्य आम्दानी अनुपात ७७ दशमलव ७७ गुणा, तरलता अनुपात ३३ दशलमव ३४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ८७ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सम्झौता

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआईआई)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।उक्त लगानी भित्र्याउन एनएमबि बैंक र बिआईआईबीच सम्झौता भएको छ । आन्तरिक स्रोतले मात्र बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।यसरी विस्तार गरिएको लगानीले […]

एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबी बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबि बैंकले २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।  यससँगै एनएमबि बैंक ब्रिटिश अन्तर्राष्ट्रियबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने एकमात्र बैंक भएको छ ।आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्यत पुग्ने बैंकले विश्वास लिएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर कर्जा भित्र्याउने

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बील) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।

एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर

एनएमबि बैंकले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।एनएमबि बैंकका प्रमख कार्यकारी अधिकत सनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको हो ।यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने […]

लक्ष्मी लघुवित्त बेल्डाँडीले बाड्यो ८ करोड कर्जा

कञ्चनपुर – लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ करोड ७ लाख ९२ हजार कर्जा लगानी गरेको हो । लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ […]