चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो । विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरी सिकारीका कारण मरेका छन् । निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरी सिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक