मानव वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले दाङमा १९ किलोमिटर क्षेत्रमा बाँस रोपियो

दाङ - वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्वन्द्व कम गर्न दाङमा झण्डै १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ ।  बस्ती नजिकको वन क्षेत्र वर्षेनि अतिक्रमण हुने, वन्यजन्तु मानव बस्तीमा आएर जनधनको क्षति पुर्याउने र बस्तीमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसको न्यूनीकरणका लागि दाङका १२ वटा सामुदायिक वन क्षेत्रको झण्डै १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।  लुम्बिनी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत दाङको उच्च...