गाई जात्रा निकाल्ने सदरमुकामको ठूलो आँगन, नयाँ बजार छिपी टोल, बराह टोललगायत क्षेत्र अहिले सुनसान छ । विगतमा हरेक वर्ष आजका दिन यहाँ गाईजात्राको छुटृै रौनक हुने गर्दथ्यो । गाईको प्रतीक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटो हिँड्नसमेत गाह्रो हुन्थ्यो, नेवार समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा । यहाँ दिवङ्गत आफन्तको सम्झनामा मानिसलाई गाईको प्रतीक बनाएर नगर परिक्रमा गर्ने परम्परा धेरै पुरानो हो ।युवायुवती, बूढापाका मात्र होइन साना साना बालबालिका पनि विभिन्न खालका वेषभूषामा फरकफर